लकडाउनको ३० औं दिनको पूर्वसन्ध्यामा सयौंले छाडे उपत्यका, असुरक्षित यात्राको जिम्मेवार को ?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० बैशाख
कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुग्दैछ। त्यसैको पूर्वसन्ध्यामा राजधानीको कोटेश्वरमा सयौं मानिस भेला भए।

स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको थियो ।

लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन्।

स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका थिए।

पानी परिरहेको अवस्थामा पनि सयौंको संख्यामा मानिसहरु सवारीसाधनको प्रतिक्षा गरिरहेका थिए। तर यसरी सवारी कुर्दै गर्दै न त भौतिक दुरी नै कायम थियो। न त धेरैले मास्क नै लगाएका थिए। सरकारले एक स्थानीय तहदेखि अर्को तहसम्म जान प्रतिबन्ध लगाएको बेलामा सयौं मानिस यसरी भेला हुँदा प्रहरी समेत अलमलमा परे। पछि भिड बढेसँगै सुरक्षाकर्मीहरुले समेत सहजिकरणको काम गरे।

राति अबेरसम्म कोटेश्वरदेखि जडिबुटीसम्म मानिसको भिड थियो। कयौं बस आए र गए। त्यही संख्यामा मानिसको चाप पनि बढ्दै गयो।

सरकारले जो जहाँ छ त्यही बस्न आग्रह गर्दा यसरी भिडभाड गरेर असुरक्षित यात्रा हुँदा समेत प्रशासनले केही गर्न सकेन। यसरी घर फर्किएकाहरु आफ्नो गन्तव्यमा पुगेपछि सुरक्षित साथ क्वारेन्टाइनमा बस्छन कि बस्दैनन्। यात्राको क्रममा संक्रमण फैलिने सम्भावना बारेमा कतै पनि ध्यान राखिएको देखिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *