स्वास्थ्यमा ३ अर्ब ७६ करोड बेरुजु

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ साउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अन्तर्गतका संस्था र समितिमा ३ अर्ब ७६ करोड बेरुजु देखिएको छ।

महालेखा परिक्षकको कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ निकाय तर्फ १ अर्ब ३२ करोड १७ लाख ६६ हजार रुपैयाँ र संगठित संस्था र समिति तर्फ २ अर्ब ४४ करोड रुपैयाँ बेरुजु देखिएको हो।
मन्त्रालय अन्तर्गतको १५ निकाय तर्फ भएको बेरुजुमध्ये ९४ करोड ६० लाख ६६ हजार रुपैयाँ पेस्की बाँकी रहेको छ। यस्तै समिति र संगठति संस्थामध्ये २१ करोड ४८ लाख ९६ हजार रुपैयाँ पेस्की रहेको छ।

सरकारी कार्यालयतर्फ १५ निकाय १ अर्ब ३९ करोड ४१ लाख १९ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १२ निकायले ७ करोड २३ लाख ५३ हजार फर्छ्यौट गरेकाले १ अर्ब ३२ करोड १७ लाख ६६ हजार बेरुजुी बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, संगठित संस्था, अन्य संस्था र समिति तर्फ २७ कार्यालयमा ४ अर्ब ४३ करोड ४६ लाख १२ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ४ निकायले १ अर्ब ९८ करोड ९२ लाख ३७ हजार फर्छ्यौट गरेकोले २ अर्ब ४४ करोड ५३ लाख ७५ हजार बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *