काठमाडौं उपत्यकामा सोमबार ९ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ असार

काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३,  ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएको जानकारी दिए।

काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *