आज पनि देशभर वर्षा हुने, सतर्कता रहन आग्रह

विज्ञान/प्रविधि समाचार

न्यूज अपडेट

काठमाडाैं, २७ असार

देशमा आज (शनिबार) पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा बिहानैदेखि वर्षा भैरहेको छ ।

हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै रहेको छ । देशभर सामान्य बदली रही देशैभरका अधिकांश स्थानमा वर्षा भैरहेको छ । खासगरी तटीय क्षेत्रमा रहने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थान साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *