तल्लो खारे खोलाको काम अन्तिम चरणमा

समाचार

दोलखा, १९ असार


दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडानम्बर ५ सुरी दोभानमा निर्माणाधिन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत बढी सम्पन्न भएपछि आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
युनिभर्सल पावर कम्पनीले निर्माण गरेको तल्लो खारेखोला जलविद्युत आयोजना ३ वर्ष अघि सुरु भएको थियो । आयोजनाका प्रबन्धक अनुप थापाले आयोजनाबाट २०७६ साउन अन्तिम सम्ममा परीक्षण उत्पादन गर्न सकिने बताए ग्रस हेड १ सय ४० मिटर रहेको आयोजनाको बाँध गौरीशंकर गाउँपालिका वडानम्बर ६ दुम्सिदिङमा निर्माण भएको छ । हेडवक्सदेखि पावरहाउससम्म पानी ल्याउँन ३ दशमलब ३ किलोमिटर स्टिल पेनस्टक पाइप जडान कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । हेडवक्सको काम पनि अन्तिम चरणमा पुगेको छ । हेडवक्समा बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी निर्माण सम्पन्न भई हेडवक्समा गेटहरु जडानको काम सम्पन्न हुने क्रममा छ । बालुवा थिग्राउने पोखरीको परीक्षण समेत भइसकेको आयोजनाले बताएको छ । ।
आयोजनाको विद्युत गृहभित्र जेनेरेटर, टर्वाइन लगायतका उपकरण जडानको काम द्रुत गतिमा भइरहेको बताइएको छ ।आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर टाढा रहेको सिंगटी सव स्टेशनमा जोडिने छ । सुरीदोभानदेखि सिंगटीसम्मको प्रसारण लाइनको काम समेत जारी छ । प्रसारण लाइनका लागि १३२ केभी सिंगल सर्किटका १५ वटा टावर निर्माण गर्नु पर्ने हुन्छ ।
आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा ऋण लगानी रहेको छ ।
आयोजनाको लागत २ अर्ब ४ करोड ६० लाखको लागत रहेको छ । तर सिंगटी लामोसाँघु प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाईका कारण उत्पादित विद्युत खेर जानेमा आफूहरु चिन्तित रहेको दोलखाको उत्तरी क्षेत्रमा विद्युत आयोजना निर्माण गरिरहेका जल विद्युत आयोजनाका प्रबर्धकहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *