सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ असार

केही समयदेखि आँखामा समस्या देखिएका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा बुधबार बिहान वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखामा मोतिया बिन्दुको शल्यक्रिया गरेका हुन् ।

श्रीधर न्यौपानेका अनुसार चिकित्सकहरूको सल्लाह बमाेजिम सभामुख सापकोटाकाे आँखाको शल्यक्रिया गरिएकाे हाे ।

शल्यक्रिया पश्चात सभामुख सापकाेटा आराम गरिरहेका छन् । सभामुख सापकोटाले आफ्नो उपचारमा लागेको खर्च आँफै बेहोरेको प्रेस संयोजक न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *