कास्की २ जेठ
गण्डकी प्रदेश सरकारले प्रदेशको विभिन्न पर्यटकीय गन्तब्यलाई समेटेर १ सय १० वटा नयाँ पर्यटकीय स्थलहरु सार्वजनिक गरेको छ । आन्तरिक पर्यटन बर्ष २०१९ लाई लक्षित गर्दे प्रदेश सरकारले १ सय १० वटा पर्यटकीय स्थलहरु सार्वजनिक गरेको हो ।
बुधवार सरकारले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्यक जिल्लाका १०।१० वटा पर्यटकीय स्थलहरुको समेटेर नयाँ गन्तब्य सार्वजनिक गरेको हो।संघिय सरकारले केही समय अघि देशभर विभिन्न स्थालनलाइ समेटेर १ सय वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको थियो।
प्रदेश सरकारले साहासिक पर्यटकीय गन्तव्यहरुलाई समेत सूचीकृत गरेको छ। पोखरा र छिमेकी जिल्लाहरुमा सञ्चालन हुदै आएका प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ¥याफटिङ, घोडाचढी, स्क्इिङ, बन्जीजम्प, साहासिक पिङ (स्विङ), हर्ट एयर वेलुनिङ र जंगल सफारी लगायतलाई सूचीकृत गरेको हो।
प्रदेश सरकारले सार्वजनिक गरेका पर्यटकीय स्थलहरुको पूर्वाधार बिकासको लागि चालु आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने योजना बनाएको छ। जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, लगायत जनप्रतिनिधिहरू संग छलफल गरेर पर्यटकीय गन्तव्यहरुको छनौट गरिएको गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्सालले बताए।
आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा १५ लाख पर्यटक भित्राउने लक्ष्यले यस बर्ष एक सय १० वटा पर्यटकीय गन्तव्यहरु घोषणा गरिएको उनले बताए ।
पर्यटन बर्षमा भित्रिने मध्ये ५० प्रतिशत पर्यटक प्रदेशको नयाँ गन्तव्यहरुमा पुग्ने वातावरण प्रदेश सरकारले तयार गर्ने मन्त्री लम्साले बताए। ‘सरकारले पर्यटनलाई विकासका लागि पहिलो आधार तयार पारेको छ। पर्यटनबाट हुने आयआर्जन र लाभले गरिबी निवारणमा सहयोग पुग्ने छ’ उनले भन। ‘सहज वातावरण बनाउने र नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै आन्तरिक तथा बाह्यि पर्यटक प्रबर्द्धन गर्ने हाम्रो लक्ष्य छ।’
प्रदेशका पर्यटकीय गन्तव्यहरुको घोषणा भएसंगै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रदेशका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार भइ प्रदेशमा आउने पर्यटकको संख्या बृद्धीसंगै उनीहरुको बसाइ अवधि लम्बिने प्रदेश सरकारेको अपेक्षा रहेको छ।
पर्यटकको आगनमनमा बृद्धी र बसाई लम्बिएपछि प्रदेशमा स्थानिय उत्पादन तथा व्यपार व्यवसायमा बुद्धि हुने, रोजगार सृजना हुने, पर्यटन उद्योगमा लगानीका अवसर बढ्ने लगायतका अपेक्षा सरकारले गरेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले प्रदेश अन्तर्रगतका ११ जिल्लाहरुमा १०।१० वटा नयाँ पर्यटकीय गन्तब्यहरु समाबेश गरेर प्रदेशलाई पर्यटकनको हब बनाउने योजना अगाडी सारेको छ। जसमध्ये प्रदेश सरकराले छनौंट गरेको नयाँ गन्तब्यहरु निम्न अनुसारका छन्।
कास्की
प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यहरु फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरु, विन्ध्यवासिनी मन्दिर, विश्व शान्ति स्तुपा, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरु (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुँडाँडा रहेका छन् ।
स्याङजा
स्याङजाका पर्यटकीय गन्तव्यहरुमा शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सातौं चण्डीथान, गहैकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छुयाङछ्याङदी) राम्दीधाम र मीर्मी सेदिवेणि उच्च तथा स्टिमर यात्रा रहेकाछन्।
तनहुँ
तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरवराही, छाप्दी बराही, व्यास गुफा(पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर– बुढी दवता मन्दिर आँधिमुल बाराही र र्मिलुङकोट रहेकाछन्।
लमजुङ
लमजुङको पर्यटकीय गन्तव्यहरुमा लमजुङ दरबार,राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी( गोर्खा र लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन्।
गोरखा
गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोरखा दरवार र गोरखा संग्राहलय, मनाकामना मन्दिर र केलवकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपार्क र लारपार्क (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनासुलु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट रहेकाछन्।
मनाङ
मनाङका पर्यटकीय गन्तव्यहरुमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा र तिव्वतियन खम्बाको बंकर रहेका छन् ।
पर्वत
पर्वतका पर्यटकीय गन्तव्यहरुमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेकाछन् ।
बाग्लुङ
बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाँइघाट झर्ना रहेकाछन्।
म्याग्दी
म्याग्दीका पर्यटकीय गन्तव्यहरुमा गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्र्के धुरी, धौलागिरी वेश क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानी रहेकाछन्।
मुस्ताङ
मुस्ताङका पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ तिर्थस्थल, कागवेनी तिर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरवार र गुफाहरु, धौलागिरी हाईस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाँउ र टिटि ताल रहेकाछन्।
नवलपुर
नवलपुरका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट(कामधेनु क्षेत्र), लोसेधारा, कैशाल आश्रम, शास्वत धाम, अकलादेवि (डेडगाउँ) र मन्यविन्दु रहेकाछन्।