काठमाडौमा लकडाउन कडा पार्ने सरकारको तयारी, जोर बिजोर प्रणाली खारेज हुने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ असार

विश्वव्यापी स्वास्थ्य महामारीको रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणको केन्द्र बन्न सक्ने भन्दै सरकारले काठमाडौ उपत्यकामा लकडाउन कडाइ गर्ने गृहकार्य सुरु गरेको छ ।

लकडाउनलाई खुकुलो गर्दै लुजडाउनमा परिणत गरेपनि नागरिक सचेत नबनेको, सामाजिक दुरी कायम गर्न नसकेको तथा जोर बिजोर प्रणाली पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले काठमाडौमा उपत्यकामा लकडाउन कडा पार्नेबारे अध्ययन सुरु गरेको छ ।

देशका अन्य क्षेत्रमा कोरोना संक्रमणको दर कम हुँदै गएको तर उपत्यकामा जोखिम बढेको भन्दै खासगरी बजार र जोर बिजोर प्रणालीमा सञ्चालित सवारी साधनमा कडाइ गर्नुपर्ने निष्कर्षमा स्वास्थ्य मन्त्रालयका अधिकारी पुगेका छन् । स्रोतले भन्यो ।

यता उपत्यका ट्राफिक महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकालले अहिलेसम्म लकडाउन कडाई गर्ने वा जोर बिजोर प्रणाली हटाउने सम्बन्धमा कुनै औपचारीक निर्देशन वा परिपत्र प्राप्त नभएको तथा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे नीजि सवारी साधन अहिलेसम्म जोर बिजोर प्रणालीको आधारमा सञ्चालन भैरहेको जानकारी दिए ।

जोर बिजोर प्रणाली तथा सवारी नियम उल्लघन गर्नेलाई कारवाही तथा जरिवाना गर्नुका साथै जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्नको लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको समेत उनले जानकारी दिए ।

सरकारले गत चैत ११ गते देखि जारी गरेको लकडाउनलाई लुजडाउनमा परिणत गर्दै जनजीवन सामान्य पार्न तथा आर्थिक गतिविधि सञ्चालनका लागि जोर बिजोर प्रणालीमा सवारी सञ्चालनको अनुमति दिइए पनि सडकमा गाडिको चाप बढेको, भिडभाड बढेको भन्दै जोर बिजोर प्रणाली हटाउन र बजार नियमन गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने तयारीमा स्वास्थ मन्त्रालय पुगेको हो ।

यो सँगै उपत्यकामा जोर बिजोर प्रणाली खारेज हुने सम्भावना बढेको छ । त्यसको विकल्पमा पुनः पास प्रणालीमै जानुपर्ने स्वास्थ मन्त्रालयको सुझाव छ । स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *