मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असार

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा २ सय ४ थपिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो।

यसअघि सोमबार १ सय ८० संक्रमित भेटिएका थिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा कोरोना भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम र बैतडीका ११/११, डोटीका ७, गोरखा, काठमाडौं र सिन्धुलीका १/१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

गत २४ घन्टामा गरिएका परीक्षणमध्ये किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २, धुलिखेल अस्पतालमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको छ।

यस्तै, पाटन अस्पताल ललितपुरमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १÷१, सर्लाहीका ३, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १/१ जनामा कोरोना पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका १, बागलुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका दुई जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यान र सुर्खेतका ५/५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुर्खेतका ३, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ६ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घन्टामा ६ हजार १ सय ३३ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ। योसँगै कुल पिसिआर परीक्षणको संख्या २ लाख ६१ हजार ८ सय ६१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *