२४ घन्टामा ६८८ डिस्चार्ज, निको हुनेको संख्या ७४९९

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असार

पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने संक्रमितको संख्या ७ हजार ४ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २ सय ६४ जना डिस्चार्ज भएका थिए।

७७ जिल्लामा कोरोना संक्रमण देखिएकोमा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन्।

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

मंगलबार पाटन अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ।

मंगलबार विभिन्न प्रयोगशालबाट ६ हजार १ सय ३३ जनाको पिसिआर टेस्ट भएको छ।

हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ३४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *