प्यूठानका ९ वटै स्थानीय तहद्धारा युवालाई तालिम सञ्चालन

शिक्षा समाचार

यूठान,८ भदौ


बेरोजगार युवालाई देशमै स्वरोजगार बनाउनका लागी प्यूठानका नौ ओटै स्थानीय तहले युवाहरुलाई विभिन्न तालिम सञ्चालन गरेका छन् । प्यूठानका २ वटा नगरपालिका र ७ गाउँपालिकाले युवाहरुका लागी सवारी चालक (ड्राभिङ) तालिम, कम्युटर मर्मत, हाउस वायरिङ, पलम्बिङ, मोटरसाइकल मर्मत, सिलाइ कटाइ लगायतका बिभिन्न तालिम दिएका हुन । उर्जाशील युवाहरु बिदेश पलायन भइरहेका बेला युवालाई स्वदेशमै काम गर्ने वाताबरण सिर्जना गर्न तालिम दिएको नौबहिनी गाउँपालिकामा अध्यक्ष सिव रिजालले बताए । ‘ गाउँमा बालवालिका र बृद्धबृद्धा मात्र छन । युवा सबै बिदेशी भुमीमा छन्’ उनले भने,‘ बिदेशीयका युवालाई स्वदेश फर्काउन यस्ता तालिम दिएका हौ ।’

सरुमारानी गाउँपालिकाले बेरोजगार युवाहरुलाई विभिन्न तालिम दिएको छ । गाउँपालिकाले गत आब २०७५/०७६ मा युवालाई तालिम दिएको सरुमारानी गाउँपालिकाले जनाएको छ । पछिल्लो समय युवाहरु रोजगारीको खोजीमा भारत तथा तेस्रो मुलकमा जाने क्रम बढेपछि गाउँपालिकाले युवाहरुलाई लक्षित गरी १४ वटा तालिम दिएको सरुमारी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिए । ‘युवालाई स्वदेशमै स्वरोजगार बनाउन विभिन्न तालिम दिएका हौँ’ उनले भने ।
उनका अनुसार गत आबमा दुई सय ७६ जना युवालाई तालिम दिएको छ । पालिकाले युवा स्वरोजगारका लागी २३ लाख रुपैया बजेट विनियोजन गरी विभिन्न तालिम सञ्चालन गरेको हो । स्वदेशमै स्वरोजगार बन्न चाहाने तथा ब्यवसाय सञ्चालन गरिरहेका युवालाई लक्षित गरी तालिम गरिएको हो । गाउँपालिकाका अनुसार १० जनालाई हाउस वायरिङ, चार जनालाई वेल्ड्रिङ, २२ जनालाई आधारभुत कम्प्युटर तालिम ,१५ जनालाई मसला प्रशोधन तालिम ,१२ जनालाई हाते होजियारी तालिम,१२ जनालाई अचार बनाउने तालिम, १२ जनालाई भूजिया नमकिन बनाउने तालिम दिइएको हो ।

त्यस्तै ८५ जनालाई आधारभुत सिलाई कटाई तालिम,१२ जनालाई पंखा तथा मोटर मर्मत तालिम,१५ जनालाई व्युटीपार्लर तालिम,१२ जनालाई एडभान्स सिलाईकटाई तालिम, ४० जनालाई लोकसेवा आयोग तयारी कक्षा १५ जनालाई एडभान्स व्युटीपार्लर तालिम दिइएको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलीले बताए । युवालाई स्वदेश मै बस्ने वाताबरण बनाउन स्थानीय तहले रोजगारीका अबसर सिर्जना गर्नुपर्ने उनले बताए । ‘जिल्लाका सबै स्थानीय तहले युवाका लागी तालिम दिएका छन्’ उनले भने,‘युवालाई तालिममात्र नभई रोजगारी खोजी दिनुपर्छ ।’
प्यूठान नगरपालिकाले २० जना दलित युवालाई डाभिङ तालिम दिएको प्यूठान नगरपालिकाले जनाएको छ । नगरपालिकाले युवाहरुका लागी पलम्बीङ्ग, लोक सेवा तयारी कक्षा दिएको हो । त्यस्तै गौमुखी गाउँपालिकाले पनि बेरोजगार युवालाई विभिन्न तालिमहरु दिएको छ । जनताको नजिकको सरकार भनेको स्थानीय सरकार भएकोले जनताको आबश्यकता पिर मर्का स्थानीय सरकार बुझनुपर्ने जिल्लापवासीले बताएका छन् । जिल्लाका नौ वटै स्थानीय तहले युवाहरुका लागी करोडौ रुपैया खर्च गरेका छन तर स्थानीय सरकारको लगानी युवाले सदुपयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *