लामो समयपछि पुनः नेपालभाषा एकांकी नाटक प्रदर्शनी

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट
काठमाडौं, २३ असार


लामो समयको अन्तरालपछि एकांकी नाटक प्रदर्शनीको परम्परालाई निरन्तरता दिने क्रममा कीर्तिपुरको राराहिल स्कूलको थियटरमा नेपालभाषा एकांकी नाटकको प्रदर्शनी सफलता साथ सम्पन्न भएको छ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीले सो कार्यक्रमको पानसमा दीप प्रज्ज्वलित गरी उद्घाटन गरेको हो । प्रतियोगिताको रुपमा गर्ने भनिएको सो कार्यक्रमलाई लकडाउन र कोरोना भाइरसको कारण प्रदर्शनीको रुपमा सम्पन्न गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै आयोजक संस्था नेपालभाषा एकेडेमी संरक्षक शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालभाषा नाटक परम्परा मल्लकालमा विकास भएर पंचायतकाल हुँदै हालसम्म कायम रहेको बताउँदै केही समय अगाडिदेखि रोकिएको सो कार्यक्रमलाई प्रदेश सरकारको आर्थिक सहयोगमा पुन सञ्चालन गर्न पाएकोमा खुशी ब्यक्त गरे । सो अवसरमा उनले अभिनय विश्वब्यापी भाषा भएको पनि बताए ।


दुई दिनसम्म भएको प्रदर्शनीमा पहिलो दिन आठ वटा नाटकको ग्रायण्ड रिहर्षल र दोस्रो दिन ती नाटकलाई नेपाः च्यानल मार्फत् प्रत्यक्ष प्रदर्शनीको ब्यवस्था मिलाइएको थियो । प्रदर्शनीमा मिना बज्राचार्यको लिथु, लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मी, शशीकला मानन्धरको चन्द्रहार, कृष्ण प्रजापतिको बुँख्याचा, सुरेन्द्र तुलाधरको डा. कान्छाभाइ, राजु स्यस्यको तरकारी बञ्जा, रवि डंगोलको थौंकन्हय् र राजेश शाक्यको थ्वपु कर्म प्रस्तुत गरिएको थियो । सहभागीहरुलाई आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *