थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ पुस

नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ७ सय ३६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ४९ हजार १ सय ३६ पुगेको छ। हाल ४ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *