यी हुन् कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २२ फागुन

कोभिड १९ विरुद्ध खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु हुँदैछ। सरकारले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।

खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन।

हालसम्म २ हजार १ सय ६७ जनालाई सामान्य प्रकारको असरहरु देखिएका छन्। ९ जनालाई उच्च ज्वरो देखिएको थियो। हाल उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु 
– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने
– थकाई र आलस्य महसुस हुने
– ज्वरो आउने तथा टाउको दुख्ने
– वाकवाकी हुने, वान्ता आउने
– माशंपेशी वा जोर्नी दुख्ने
– फ्लुको जस्तो लक्षण देखिने
यस किसिमको सामान्य असरहरुले खोप लिने व्यक्तिहरुको स्वास्थ्यमा गम्भिर असर नपर्ने मन्त्रालयले जनाएको छ। यी असरहरु विस्तारै आफैँ कम भएर जान्छन्।

गम्भीर असरहरु
– सबै खोपहरु सुरक्षित हुन्छन्। यद्यपि खोपबाट विरलै मात्र हुने असरको रुपमा एनाफाइलाक्सिस हुन सक्छ।
– यो गम्भिर प्रकारको असर हो, जसलाई एजर्जीक प्रतिक्रिया भनिन्छ। यस प्रकारको असर देखा परेमा यसको तत्कालै उपचार र व्यवस्थापन गर्नुपर्दछ।
– प्रत्येक खोप केन्द्रमा एनाइफालेक्सिस व्यवस्थापन गर्न पूर्व तयारी गरिएको छ।
खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको बारेमा सबै तहका स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखिकरण दिइएको कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्याम राज उप्रेतीले बताए। गम्भिर प्रकारका असरहरुको तत्काल उपचार व्यवस्थापन गर्न प्रत्येक खोप केन्द्रमा एड्रीनालिन सुई र सिरिञ्ज उपलब्ध रहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *