शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ असार

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार नाघेको हो।

१ सय २० जना महिला र ४ सय ३४ जना पुरुष सहित ५ सय ५४ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ७, इलामका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङमा २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ र महोत्तरीका ३०, नारायणी अस्पताल वीरगञ्जमा पर्साका २ जनामा कोरोना भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १३, अर्घाखाँचीका १६, बैतडीका २४, बझाङका ४, बाजुराका ४, बाराका ८, डडेल्धुराका ८, धादिङका ३, डोटीका ४६, गुल्मीका ७, जाजरकोटका १, कैलालीका ८, कञ्चनपुरका ३, कपिलवस्तुका १, पर्साका १, रसुवाका ९, रौतहटका ३४, सल्यानका १३, सर्लाहीका ६ र स्याङजाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका २, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा नुवाकोटका ६ र मकवानपुरका २, धुलिखेल अस्पताल प्रयोगशालामा बाराका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

पाटन अस्पताल ललितपुरमा पाँचथरका १, काठमाडौंका ४ र भक्तपुरका १, वीर अस्पताल प्रयोगशाला काठमाडौंमा बझाङका ४, डोटीका २, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ८२, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा नवलपरासी पूर्वका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ८, स्याङजाका २१ जनामा कोरोना पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २, पाल्पाका २६, प्यूठानका ४९ र रुपन्देहीका ८, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेमा २, बर्दियामा ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा दाङका ३१, कपिलवस्तुका ७, रोल्पाका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ७, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बैतडीका २, डोटीका २५, कैलाली ६ र कञ्चनपुरका २ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *