भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, १२ असार

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित फेला परेको छन । भारतमा पछिल्लो समयमां कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको त्यहाँ स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । ती मध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ । त्यसैगरी केन्द्रीय राजधानी समेत पर्ने दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बंगाल र उत्तर प्रदेशमा १५/१५ जना, आन्द्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठ जनाको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु काश्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको त्यहाँको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *