राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ५ असार

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।

विहिबार दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण राष्ट्रपति कार्यलयले जानकारी दिएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको नक्साले पूर्णरुपमा मानयता पाएको हो । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *