काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २० जेठ

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको जानकारी दिए।

केएमसीका ४ स्वास्थ्यकर्मीसहित मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार दिउसो साढे ४ बजेसम्म देशभरमा २०९९ जनामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *