३८७ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ मंसिर

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ३० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२४ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ७ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु र २ भेन्टिलेटरमा उपचाररत रहेका छन्।

यसअघि मंगलबार ४ सय १२, सोमबार ३ सय ८५, आइतबार ३ सय ६८, शनिबार  ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख ४४ हजार ४ सय ३३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख ३० हजार ५ सय ५७ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *