स्वास्थ्य राज्यमन्त्री सहित १४६ जनाको नमुना संकलन 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री, सचिवसहित १४६ जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ।

मन्त्रालयको कोरोनासम्बन्धी बैठकमा सहभागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना संक्रमण देखिएछि मन्त्रीसहित कर्मचारीको पीसीआर परीक्षण गर्न लागिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुले मन्त्रालयमा नमुना संकलन गरेका हुन्।

ती चिकित्सक ५ जेठमा मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर(एचईओसी) मा आयोजित बैठकमा सहभागी भाएका थिए। उनलाई जेठ ६ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो।

ती चिकित्सकलाई कोरोना  देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा मन्त्रालयका कर्मचारीको पनि परीक्षण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *