प्रबिधीलाई पछ्याउदै

अर्थ/वाणिज्य विज्ञान/प्रविधि समाचार

प्यूठान, ३ कार्तिक


मल्लरानी गाउँपालिका ३ बर्बाेटका गुरुप्रसाद पौडेलले खेतबारी गोरुले जोत्थे । उनी खेत बारी जोत्नका लागी एक हल गोरु पालेका थिए । तर अहिले उनी गोरुको सट्टा हाते टयाक्टरको प्रयोग गर्न थालेका छन् । त्यस्तै प्यूठान नगरपालिका ८ की खप्रेङखोलाकी विपना भण्डारीले पनि खेतबारी जोत्नका लागी परम्परागत रुपमा गोरुको प्रयोग छोडी आधुनिक प्रबिधीको प्रयोग गर्न थालेकी छिन् । उनीहरुमात्र हैन जिल्लाका अधिकांस किसानहरु गोरुको साटो पावर टिलर ( हाते टयाक्टर) प्रयोग गर्ने थालेका छन् ।
खेतबारी जोत्नका लागी आधुनिक प्रबिधी आएपछि खेतबारी जोत्नका लागी सहज भएको उनीहरु बताउनछ् । गोरुले जोत्दा धेरै समय लाग्ने र खर्चपनि धेरै हुने प्यूठान नगरपालिका ८ खप्रेङखोलाकी विपना भण्डारीले बताइन् । ‘हाते ट्याक्टर लिएपछि खेतीपाती गर्न सहज भएको छ’ उनले भनिन्,‘गोरुले जात्दा बाझो रहने र खन्नुपर्ने बाध्यता थियो तर प्रबिधीको प्रयोगसगै यो बाध्यता हटेको छ ।’
गोरुले जोत्न २–३ दिन लाग्ने जमिन ट¥याक्टर केहि घण्टामै सकिने मल्लरानी गाउँपालिका ३ बर्बाेटका गुरुप्रसाद पौडेल बताउछन् । गोरुले खेतबारी जोत्दा खर्चिलो, झन्झटिलो हुने उनले बताए । आधुनिक कृषि यन्त्रको प्रयोग गरी खेतीपाती गर्दा लागत र समयको बचत हुने पौडेलले सुनाए । ‘आधुनिक कृषि यन्त्र प्रयोग गर्दा निकै सजिलो हुदो रहेछ’ उनले भने,‘प्रबिधीको प्रयोगले कम लागत पनि कम हुन्छ ।’ पछिल्लो गाउँमा युवाशक्तिहरु बिदेश पलायन हुदाँ हाते ट¥याक्टरको प्रयोगसमेत बढेको उनी बताउछन् ।
गाउँमा गोरु पाल्न छाड्दा कृषि औजारको माग, महत्व र प्रयोग बढ्दै गएको छ । पछिल्लो समय प्यूठानमा आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । प्यूठानका गत आर्थिक बर्षमा झण्डै २ सय कृषि समुह, कृषिले कृषि औजार खरिद गरेको प्यूठान नरपालिका ७ टिकुरीमा पृथ्बी एग्रोभेटका सञ्चालक बासुदेब थापाले बताए । ‘गत बर्ष झण्डै २ सय कृषि समुह र कृषिले अनुदानमा औजार लगेका छन्’ उनले भने ।
प्यूठानमा स्थानीय तह र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चाँपकटरलगायत कृषि औजार १ सय ९७ कृषि समूहलाई वितरण गरिएको कृषि ज्ञानकेन्द्र दाङका कृषि अधिकृत टोपबहादुर थापाले बताए । निर्बाहमुखी कृषि गर्दै आएका कृषक तथा ब्यवसाय सञ्चालन गर्न परम्परागत रुपमा गोरु र राँगाले जोतेर सम्भब नहुने कृषि ज्ञानकेन्द्र दाङका कृषि अधिकृत टोपबहादुर थापाले बताए । ‘कृषिमा आधुनिकीकरण गर्नका लागी आधुनिक कृषि औजार आबश्यक पर्छ’ उनले भने,‘कृषि औजारले उत्पादन पनि बढ्छ ।’ पछिल्लो समय स्थानीय, प्रदेश सरकारले कृषकलाई यान्त्रिकीकरण गर्नेतर्फ उपकरण पनि अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *