बाटो ढलान कार्य सम्पन्न

समाचार

मुना मुसिख्वाल
गुण्डु,३ साउन


सूर्यविनायक नगरपालिकाको वडा नं.७ किवाचोकको अति आवश्यक मुल सडक ८ मिटर विस्तार गर्ने क्रममा ज्योति मा.वि.सँगैको उकालो ढलान गर्ने कार्य सम्पन्न भएको छ । स्थानीय बासिन्दाको माग अनुसार आउदो तिहार सम्म गुण्डु ,किवाचोक ,हर्षचोक, ठिमी हुदै काठमाण्डौं जाने रुटको गाडी चलाउने लक्ष्यका साथ सडक निर्माण गरिएको छ । सो सडक ढलान गर्ने कार्यमा सहयोग गरिदिने सबैमा उपभोक्ता समितिले आभार प्रकट गरेको छ । साथै सो सडक ढलान पश्चात्त स्थानीय खुसी देखिएका छन् ।

सो बाटो ढलान पश्चात्त स्थानीयले केही राहत महसुस गरेका छन् । सो बाटो ढलान पश्चात्त सडकमा आवतजावत गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *