हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं: केकी अधिकारी

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ११ जेठ

नेपालले आफ्नो अतिक्रमित भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेपछि भारतमा एक प्रकारको हलचल पैदा भएको छ । भारतीय मीडियाहरुले उक्त भूभाग भारतको नै भएको दावी गर्दै नेपाललाई विभिन्न आक्षेप लगाइरहँदा बलीउड अभिनेत्री मनिषा कोईरालाले नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई समर्थन गरेपछि त मनिषामाथि झनै आलोचना गरे । भारतीय फिल्महरुमा अभिनय गरेतापनि आफ्नो भूमिको रक्षार्थ मनिषाले दिएको अभिव्यक्तिको नेपालमा निकै प्रसंशा गरिएको छ ।
यसैबीच नेपाली नायिका केकी अधिकारीले पनि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै केकीले नेपालसँग स्पष्ट प्रमाणहरु प्रशस्त रहेको र वार्ता गर्न तयार रहेको बताएकी छन् । नेपालीले बदलामा हैन बलिदानमा बिश्वास राख्ने बताउँदै उनले लेखेकी छन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली बिश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ’ ।
हेरौँ पुरै स्टाटस:

Other News Headlines

Leave a Reply

Your email address will not be published. Required fields are marked *