नारायणी अस्पतालका ९ कोरोना संक्रमित निको भएर डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत ९ जना निको भएर डिस्चार्ज भएका छन्।

शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज गरिएको अस्तपालले जनाएको छ।

‘दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरू ९ जनालाई डिस्चार्ज गरिएको हो,’ नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले भने।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९ पुगेको छ। हिजो बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भएर घर फर्किएका थिए।

हालसम्म नेपालमा ५ सय ७४ जनामा कोरोना संक्रमण पाइएकोछ। तीन जनाको भने मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *