२४ घण्टामा ३४९४ जनाको पिसिआरबाट कोरोना परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ११ जेठ

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

अहिले ३३ जना नयाँ थपिएसँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्।

मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *