काठमाडौं २२ बैशाख
सरकारले आगामी आर्थिक २०७६।७७ को नीति तथा कार्यक्रम शुक्रबार अपराह्न संघीय संसदमा प्रस्तुत गर्नु भएको थियो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेकी थिइन्
बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
संघीय संसद सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् ।
यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको थियो । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।
नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको थियो ।
नीति तथा पेस भएपछि छलफल भएको थियो । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ ।
छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु भएको थियो । नीति तथा कार्यक्रम पेसका लागि संघीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।
यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ । चालु वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो ।