नेपालमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ५ जेठ

बाँकेमा मात्र थपिए ४७ जना

नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए।

नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *