भारतमा जेठ १८ गतेसम्म लम्बियो लकडाउन, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ५ जेठ

भारतमा जेठ १८ गतेसम्म लम्बियो लकडाउन, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश

भारतमा जेठ १८ गते अर्थात मे ३१ सम्म लकडाउनको समयावधि लम्ब्याइएको छ । आइतबार भारतको केन्द्र सरकारले उक्त निर्णय गरेको हो । भारतमा यो लकडाउनको चौथो चरण हो ।
भारतीय गृहमन्त्रालयले लकडाउनको समयावधि लम्ब्याएसँगै मे ३१ सम्म आन्तारिक र बाहिरी उडानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । साथै मेट्रो रेलसेवा पनि बन्द गर्ने घोषणा गरिएको छ ।
त्यस्तै बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म निषेधाज्ञा समेत जारी गरिएको छ । भारतमा अहिलेसम्म २ हजार ७ सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *