थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

यो सहित नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *