मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा प्रेम ज्ञवाली नियुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राडा प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा ज्ञवालीलाई मन्त्रिपरिषदले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यद्यपि डा ज्ञवालीले निर्देशक नियुक्तीको औपचारिक पत्र भने पाइसकेका छैनन्।

‘मैले यसबारेमा अनौपचारिक रुपमा जानकारी पाएको हुँ,’ उनले भने ‍’औपचारिक रुपमा पत्र भने आइतबार प्राप्त होला।’

केन्द्रमा यसअघि डा पुकार चन्द्र श्रेष्ठ निर्देशकका रुपमा कार्यरत थिए। केन्द्रमा रहँदा डा श्रेष्ठ सँधै विवादमा मात्र आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *