आज काठमाडौं उपत्यकामा थपिए ९४७ संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४४२ छ।

ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन्। जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८९७ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन्।

काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ७९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

२४ घण्टामा २ हजार १९१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार  ८५८ पुगेको छ।

आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *