बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा १ सय ५३, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा ४५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १५, चितवनमा ५२, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा १ सय १४, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासी पूर्वमा ५१, पर्वतमा १, वागलुङमा ६ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५७, नलवपरासीमा ७, पाल्पामा ११, प्यूठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रोल्पामा ७ र रुपन्देहीमा ४१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा ५ मात्र कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धरामा ६, बझाङमा १९ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *