कोरोना अपडेट : एसियन देशमाभन्दा अमेरिकामा दोब्बर बढी संक्रमित

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख ३० हजार नाघेको छ।

नेपाली समय अनुसार आइतबार बिहान ७ बजेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ११ लाख ३० हजार १ सय १५ पुगेको छ।

अमेरिकामा ६६ हजार २ सय २४ जनाको मृत्यु भएको छ। अमेरिकामा १ लाख ७५ हजार ३ सय ८२ जना निको भएर घर फर्किसकेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमितको संख्या ३४ लाख २४ हजार २ सय ५४ पुगेको छ।

विश्वमा २ लाख ४३ हजार ५ सय २४ जनाको मृत्यु भइसकेको छ।

संसारभर १० लाख ९२ हजार ७ सय २० जना निको भएर घर फर्किसकेका छन्।

एसियन देशमा सबै भन्दा बढी प्रभावित देश 
एसियामा ५ लाख ३९ हजार ४ सय ४३ जना मानिस संक्रमित भएका छन्। अमेरिकामा एसियन देशमा भन्दा दोब्बर बढी संक्रमित छन्। एसियन देशमा १९ हजार १ सय ७ जनाको मृत्यु भएको छ। २ लाख ७८ हजार ३ सय १ जना निको भएर घर फर्किसकेका छन्।

एसियामा सबैभन्दा बढी संक्रमित टर्कीमा छन्। टर्कीमा संक्रमितको संख्या १ लाख २४ हजार ३ सय १५ पुगेको छ। ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ। ५८ हजार २ सय ५९ जना निको भएर घर फर्किसकेका छन्।

इरानमा संक्रमितको संख्या ९६ हजार ४ सय ४८ पुगेको छ।  इरानमा ६ हजार १ सय ५६ जनाको मृत्यु भएको छ। ७७ हजार ३ सय ५० जना निको भएर घर फर्किसकेका छन्।

चीनमा ८३ हजार ९ सय ५९ जना संक्रमित भएका छन्। ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। ७८ हजार ५ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।

भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित भएका छन्। १ हजार ३ सय २३ जनाको मृत्यु भएको छ।  १० हजार ८ सय १९ जना निको भएर घर फर्किसकेका छन्।

साउदी अरेबियामा २५ हजार ४ सय ५९ जना संक्रमित भएका छन्। जसमध्य १ सय ७६ जनाको मृत्यु भइसकेको छ। ३ हजार ७ सय ६५ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा १९ हजार २२ जना संक्रमित भएका छन्। ४ सय ३७ जनाको मृत्यु भएको छ।  ४ हजार ७ सय ५३ जना निको भएर घर फर्किसकेका छन्।

सिंगापुरमा १७ हजार ५ सय ४८ जना संक्रमित भएका छन्। १७ जनाको मृत्यु भइसकेको छ।  १ हजार ३ सय ४७ जना निको भएर घर फर्किसकेका छन्।

इजरायलमा संक्रमितको संख्या १६ हजार १ सय ८५ पुगेको छ। २ सय २९ जनाको मृत्यु भएको छ। ९ हजार ५ सय ९३ निको भएर घर फर्किसकेका छन्।

कतारमा १४ हजार ८ सय ७२ जना संक्रमित भएका छन्। १२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमित हुनेको संख्या ५९ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *