चाँगुनारायणमा मनाए १०९औं महिला दिवस

समाचार

जमुना अधिकारी
भक्तपुर, २४ फागुन

चाँगुनारायण नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा उपमेयर विना वास्तोलाको सभापतित्वमा नगरप्रमुख सोम मिश्रको प्रमुख अतिथ्यतामा नगरपालिका र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा शुक्रवार १०९औं महिला दिवस मनाए ।
गरीबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई लगायत नगरपालिका अन्य विशिष्ट व्यक्तित्वका साथै १८ ओेटा महिला सहकारीका महिलाहरूको सहभागितामा “लैंगिक समानताको लागि समान सोच र व्यवहार समृद्धिको आधार” नाराका साथ अन्तरक्रियात्मक रुपमा उक्त कार्यक्रम भएको हो ।
उपाध्यक्ष भट्टराईले आर्थिक रुपमा नारीहरूलाई सबल वनाइने हो भने लैंगिक समानताको नारा व्यवहारमा उतार्न सजिलो हुने राय व्यक्त गरे । साथै नगरप्रमुख मिश्रले महिला हिंसा र महिला अधिकारका कुरामा कट्टर भएर समाजमा उत्रिने हो भने लैंगिक समानता कायम गर्न सजिलो हुने बताए । यस्तै उपमेयर बास्तोलाले पनि सहकारी त्यस्तो मेरुदण्ड हो जसले नारीको आत्मबल बढाउनुको साथै आर्थिक रुपमा सबल हुन सहायता गन विचार व्यक्त गरिन् । अन्तरक्रियको क्रममा विभिन्न सहकारीको प्रतिनिधित्व गरिएका अध्यक्षहरूवाट पनि स्थानीय स्रोत साधनको प्रयोग हुनुपर्नेमा जोड दिए ।
छिन्नमस्ता महिला साकोसका प्रतिनिधिले स्थानीय रुपमा उपलब्ध लप्सीको प्रयोगवाट अमिलो लगायत क्यान्डि उत्पादन गरिएको र धेरै दिदीबहिनीलाई रोजगारी दिन सकिएको बताइन् । श्री देवीस्थान महिला जागृति साकोसका अध्यक्ष सुभद्रा काफ्लेले छालिङ्ग कफि उद्यम समुहसंग समन्वय गरी कफि उत्पादन गरी आयआर्जन गर्न लागिएको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *