स्टार अस्पतालले शुरु गर्यो‍ टेलिमेडिसीन सेवा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

सानेपास्थित स्टार अस्पतालले विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै टेलिमेडिसिन सेवा सुरु गरेको छ।

अस्पतालले लकडाउनका कारण नियमित स्वास्थ्य सेवा लिनबाट बञ्चित समुदायलाई लक्षित गर्दै अनलाइन टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको हो। डिजिटल प्रविधिको प्रयोग गर्दै सेवा सुरुवातका क्रममा ई–कन्फरेन्स मार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, संस्थाका अध्यक्ष किशोर कुमार महर्जन, संचालक समिति सदस्य वसन्त चन्द्र मरहट्टा र ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले संयुक्त रुपमा कुराकानी गरेका थिए।

अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले टेलिमेडिसिन सेवा लिन चाहने बिरामीहरुले गर्नुपर्ने रजिष्ट्रेसन प्रक्रिया, चिकित्सकिय परामर्श तथा अन्य परिक्षण गर्नुपरेको खण्डमा अवलम्बन गर्नुपर्ने प्रकृयाहरुका सम्बन्धमा डेमोनस्ट्रेशन गरि प्रकाश पारेका थिए।

यसका साथै सो क्रममा सम्पूर्ण बिरामीहरुको अभिलेख डिजिटल रुपमा राखिने हुनाले भविष्यमा पनि बिरामीहरुको पहिलाको अवस्थाको बारेमा जानकारी प्राप्त गर्न सकिने गरि सेवा संचालन भएको जानकारी गराएका थिए।

अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनले अस्पतालले समय सापेक्ष डिजिटल प्रविधिको उपयोग गर्दै गएको र टेलिमेडिसिनका अलावा कोभिड १९ एसेस्मेन्ट टुल पनि यसै साताबाट संचालनमा ल्याएको र सो टुलले देश तथा विदेशबाट पनि राम्रो प्रतिकृया पाइरहेको बताए।

कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै डा कोइरालाले विशम परिस्थितीमा पनि अस्पतालले यस किसिमको सेवा प्रदान गर्ने उद्देश्य लिई सेवा प्रदान गर्नु गौरवको विषय भएको बताए।

अस्पतालबाट टेलिमेडिसिन सेवा लिन चाहनेले अस्पतालमा सम्पर्क गरेर अस्पतालको वेवसाइट www.starhospital.com.np  मा गई रजिष्ट्रेशन गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *