‘भक्तपुर बचतको अवलोकन भ्रमण मन्थली साकोसमा

अर्थ/वाणिज्य शिक्षा समाचार

 

न्यूज अपडेट संवाददात
रामेछाप, १५ पुस


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को विभिन्न समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको प्रतिनिधिमण्डले रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.मा शनिवार अवलोकन भ्रमण गरेको छ ।
प्रतिनिधिमण्डललाई मन्थली बचतका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वागत गरे । मन्थली बचतका अध्यक्ष घिमिरेले संस्थाको सामाजिक, स्वास्थ्य, आर्थिक लगायतका विभिन्न विषयमा स्पष्ट पार्दै भक्तपुर बचतसँग नियमित रुपमा सहकार्य गर्दै जाने बताए।
साथै उनले अहिलेको आर्थिक समस्यालाई मनन गरी ऋण असुलीको वर्षका रुपमा घोषणा गरेको स्पष्ट पारे । मन्थली सहकारीको नेतृत्वमा तामाकोशी अस्पताल सञ्चालन गरी करिव १७ हजार सदस्यहरुलाई स्वास्थ्य बीमा तथा दुर्घटना बीमा गरी स्वास्थ्य सेवा दिइराखेको अवगत गराए ।
करिब १ अर्ब २८ करोडको कूल वासलात भएको यस सहकारीले रामेछाप जिल्लामा सामुदायिक सहकारीको पहिचान बनाई आएकोमा बिना धितो एक पैसा पनि लगानी नगरेको उक्त संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिए ।
कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं मन्थली साकोसका सचिव हिमाल ढुंगेलले रामेछाप जिल्लाका सहकारीको वर्तमान अवस्थाबारे जानकारी दिए ।
पुस १४ देखि १६ सम्मको अवलोकन भ्रमण कार्यक्रमको पहिलो दिन भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापतिले मन्थली साकोसका अध्यक्ष घिमिरेलाई मायाको चिनो प्रदान गर्दै हालसम्म भक्तपुर साकोसले गरेका गतिविधिबारे जानकारी गराए । कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार रत्नप्रसाद प्रजापति, उपाध्यक्ष लक्ष्मीप्रसाद कुसी, व्यवस्थापक सत्यनारायण साँयजूलगायतले विभिन्न विषयमा जिज्ञासा राखे ।

।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *