बैकल्पिक चक्रपथसहित नयाँ सहर बनाउने राज्यमन्त्री मानन्धरको घोषणा, १६५ निर्वाचन क्षेत्रमा कम्तिमा एक नयाँ कार्यक्रम

न्यूज अपडेट काठमाडौं, १६ बैशाख सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताए । मंगलबार सहरी विकास मन्त्रालयमा सांसदहरुसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा- छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको बताएका हुन् । […]

Continue Reading

कोरोनाबाट उद्योग, वाणिज्य क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न चेम्बरको सुझाव, यस्ता छन् सुझावमा समेटिएका २९ बुँदा

न्यूज अपडेट काठमाडौं, १६ बैशाख उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा कोरोना भाइरस (कोभिड(१९) बाट परेको प्रभाव न्यूनीकरणका लागि नेपाल चेम्बर अफ कमर्सले सरकारलाई २९ बुँदे सुझाव प्रस्तुत गरेको छ। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष मंगलबार उक्त सुझाव प्रस्तुत गरेका हुन् । चेम्बरको सुझाव लिँदै मन्त्री भट्टले अहिलेको विषम परिस्थितिमा निजी […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या ३० लाख ५७ हजार, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख ५७ हजार नाघेको छ।  नेपाली समय अनुसार  मंगलबार बेलुकी ६ बजेसम्ममा विश्वमा ३० लाख ५७ हजार ९ सय ५७ जना मानिस संक्रमित भएको तथ्यांक छ। अमेरिकामा ९ लाख ८८ हजार ४ सय ६९, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा १ […]

Continue Reading

संक्रामक ऐन २०२० परिमार्जन गर्दै संसदीय समिति

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख संक्रामक ऐन २०२० समयसापेक्ष बनाउन संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समिति लागिपरेको छ। लकडाउन समेत निरन्तर बैठक गरिरहेको समितिले उक्त ऐन परिमार्जनलाई आगामी बैठकमा  अन्तिम रुप दिनेगरी काम गरिरहेको छ। मंगलबार बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा र संघीय संसद सचिवालयका कानुनतर्फका सहसचिव अर्जुन कुमार खड्कालाई अन्तिम रुप दिने […]

Continue Reading

भारतबाट आएका थिए रौतहटका २ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्। उनीहरुको उमेर २४ र ३५  वर्ष छ। दुवैजना पुरुष भएको समेत डा देवकोटाले जानकारी दिए। यो सहित नेपालमा संक्रमितको संख्या ५४ […]

Continue Reading

स्वास्थ्यकर्मीको स्तरवृद्धिको माग राख्दै संघले बुझायो ज्ञापनपत्र

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीहरुको दुई वर्षदेखि रोकिएको स्तरवृद्धिको काम अगाडि बढाउन माग गरेको छ। संघले स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाउँदै छिटोभन्दा छिटो स्तरवृद्धिको काम अगाडि बढाउन माग गरेको हो। स्तरवृद्धि ढिला हँुदा वरिष्ठ र कनिष्ठमा मात्र असर नपरी स्वास्थ्यकर्मीले पाउने सेवा सुविधामा समेत असर परेको संघले जनाएको छ। स्वास्थ्यकर्मीलाई […]

Continue Reading

भारतले आरडिटी किट प्रयोगमा लगायो रोक, चीनबाट किन्न लागेको ५ लाख किटको अर्डर रद्द, गुणस्तर नभएको भन्दै भारतले रोकेको किट नेपालमा प्रयोग

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख भारतले चीनबाट ल्याउने तयारी भएको करिब पाँच लाख र्‍यापिड डाइग्नोष्टिक परीक्षण किट्स (आरडिटी) को अर्डर रद्द गर्ने निर्णय गरेको छ। अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो। साथै भारतले अहिले प्रयोग भइरहेका किट पनि फिर्ता गर्ने निर्णय गरेको छ। भारतको आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले […]

Continue Reading