प्रेस काउन्सिलद्वारा ३६ अनलाइन कारबाहीमा

न्यूज अपडेट काठमाडाैं, १९ चैत  प्रेस काउन्सिल नेपालले समाचार प्रकाशन प्रसारण गर्दा ठाउँठेगान नभएकाे, दर्ता नभएका अनलाइनले अफवाह फैलाएको भन्दै ३६ वटा अनलाइनलाई स्पष्टीकरण साेधिएकाे छ । त्यसमध्ये १७ वटाको नेपाल क्षेत्रभित्र प्रसारण रोक्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेकाे काउन्सिलका महेन्द्र राज सिंहले बताएका छन् । काेराेना संक्रमणबारे विश्व संवेदनशील भैरहेकाे अवस्थामा अफवाह फैलाएकाे […]

Continue Reading

अब भक्तपुर नगरबासी बाहिर जान पास अनिवार्य

न्यूज अपडेट भक्तपुर, १९ चैत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउन दिनभर पालना हुन्छ । तर, बिहानीपख मर्निङ वाक र पूजापाठ गर्न तथा साँझ तरकारी किन्ने नाममा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि भक्तपुर नगरपालिकाले नयाँ जुक्ति निकालेको छ । त्यो हो, एक घर, एक पास । नगरपालिकोको यो जुक्ति अनुसार […]

Continue Reading

खाद्यान्न आपूर्ति र राहत वितरणमा एकरुपता ल्याउनु आवश्यक छः मन्त्री त्रिपाठी

न्यूज अपडेट काठमाडौं, १९ चैत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को पूर्वतयारी तथा प्रतिकार्यमा स्थानीय तहहरूबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सन्दर्भमा काठमाडौं उपत्यकाका प्रमुखहरूसँगको बैठक मंगलबार बसेको छ । लकडाउनको समयमा खाद्यान्न आपूर्ति र राहत वितरणमा एकरुपता आउने गरी उपत्यकाका सम्पूर्ण स्थानीय तहहरूले कार्यविधि […]

Continue Reading

पर्वतको महाशिला गाउँपालिकाद्धारा राहातको घोषणा

न्यूज अपडेट पर्वत, १९ र्चत पर्वतको महाशिला गाउँपालिकाले विपन्न, गरिब तथा मजदुरहरुका लागि राहत घोषणा गरेको छ । मंगलवार सम्पन्न गाउँकार्यपालिकाको वैठकले महाशिलाका ६ वटै वडामा रहेका १ सय ५६ जना परिवारलाई दुई÷दुई हजार रुपैया बराबरको राहत उपलव्ध गराउने निर्णय गरेको हो । बुधवार देखि नै सवै विपन्न परिवारहरुलाई वडा कार्यालयले उनीहरुको घर घरमै लगेर […]

Continue Reading

पर्वतमा आईसोलेसनमा रहेका २ जनाको रिपोर्ट नेगेटिभ

न्यूज अपडेट पर्वत, १९ चैत पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवतीसंगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका एक युवा र युवतीसँग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिपोर्ट नेगेटिभ आएको हो । दुबै युवाको थ्रोट स्वाब सोमबार परीक्षणका लागि […]

Continue Reading

आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै

न्यूज अपडेट काठमाडाैं, १९ चैत नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागिएको हो । नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर […]

Continue Reading

कोरोनाको रिपोर्ट कुर्दाकुर्दै निमोनियाले मृत्यु कोरोना अस्पतालमा आईसीयू छैन, सुविधायुक्त अस्पतालमा ‘इन्ट्री’ छैन

न्यूज अपडेट काठमाडाैं, १९ चैत बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइयो । त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण […]

Continue Reading

वीर  र पाटन अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना देखिएन

न्यूज अपडेट काठमाडाैं, १९ चैत वीर र पाटन अस्पतालमा सोमबार मृत्यु भएका तीन जना बिरामीमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन र वीर अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नदेखिएको जनाएको छ।उपचारका क्रममा मृत्यु भएपछि उनीहरु तीन जनाको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। काठमाडौं सतंगुलकी एक महिला, […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या १ लाख ७८ हजार ३४, ४२ हजार १३९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, १९ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ४२ हजार १३९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार बुधवार बिहान ७ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या ८ लाख ५७ हजार ९५७ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ७८ […]

Continue Reading

७ वटा कानुन तोड्दै ओबीसीआईसँग स्वास्थ्य मन्त्रालयको सम्झौता, वाणिज्यमा दर्तै नभएको ओम्नीसँग स्वास्थ्यले कसरी किन्यो मेडिकल सामग्री?

न्यूज अपडेट काठमाडाैं, १९ चैत  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनबाट सामान ल्याउन अनुमति दिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशल(ओबीसीआई) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नै नभएको खुलेको छ। उत्पादन वा व्यवसायसँग सम्बन्धित कामका लागि अन्य निकायले समेत स्वीकृति दिने भएपनि व्यापार गर्ने प्रयोजनका लागि खोलिएको कम्पनी भने वाणिज्य विभागमा दर्ता हुनैपर्छ। […]

Continue Reading