यी हुन् ५० जनाभन्दा कम कोरोना संक्रमित भएका देश तथा क्षेत्र

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ बैशाख

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ बाट हालसम्म २७ लाख २९ हजार २ सय ९४ जना संक्रमित भएका छन्। अमेरिकामा मात्र ८ लाख ६९ हजार १ सय ७२ जना संक्रमित भएको तथ्यांक  जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको छ। यो नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजेर १८ मिनेट जाँदासम्मको विवरण हो।

यो रोगबाट संक्रमित भएर पनि निको हुनेको संख्या ७ लाख ४८ हजार ७ सय ५६ पुगेको छ। यीमध्ये सबैभन्दा धेरै निको हुनेहरू जर्मनीमा छन्। त्यहाँ १ लाख ६ हजारभन्दा बढी मानिस कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

यस्तै यमनमा भने कोरोना संक्रमित १ जनामात्र भेटिएको तथ्यांक विश्वविद्यालयले अद्यावधिक गरेको छ। ती बिरामी पनि निको भइसकेका छन्। अब यमनमा कुनै पनि नयाँ संक्रमित नरहेको विश्वविद्यालयको तथ्यांक छ।

यसगरी, साओ टोम एन्ड प्रिन्सिप टापुमा जम्मा ४ जना यो भाइरसबाट संक्रमित भएका छन्। त्यहाँ निको भएको तथ्यांक छैन।

दक्षिणी सुडान, पश्चिमी साहरा, मोरिटानिया, भूटान, पपुवा न्यू गिनी, एमएस जान्दम र होली सीमा पनि १० जनाभन्दा कम मात्र संक्रमित भेटिएका छन्। यी देश तथा क्षेत्रहरूमा क्रमश ५, ६, ७, ७, ८, ९,९ जना संक्रमित भेटिएका छन्।

यसैगरी सुरिनाम, जाम्बिया, सिचिलिस, निकारागुआ, बुरुन्डी, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स, सेन्ट सुलिआ, सेन्ट किट्स एन्ड नेभिस, ग्रेनेडा, नामिबिया, डोमिनिका, सेन्ट्रल अफ्रिकन रिपब्लिक, फिजी, बेलिजा र लाओसमा २० भन्दा कम मात्र संक्रमित भेटिएका छन्। यी देश तथा क्षेत्रहरूमा क्रमश १०, १०, ११, ११, १४, १५, १५, १५, १६, १६, १६ १८, १८, १९ जना संक्रमित रहेको विश्वविद्यालयको तथ्यांक छ।

यस्तै, बोत्स्वाना, इस्ट टिमोर, एन्टिगुआ एन्ड बर्मुडा, जिम्बाबे, मालावी, इस्वाटिनी, चाड, सिरिया, मोजाम्बिक र नेपालमा ५० जना भन्दा कममा मात्र संक्रमित भेटिएका छन्। यी देशहरूमा क्रमशः २२, २३, २४, २५, २९, ३३, ३६, ३६, ३९, ४०, ४२, ४६, र नेपालमा ४८ जना कोरोना संक्रमित भेटिएका छन्। दक्षिण एसियामा सबैभन्दा कम भूटानमा ७ जनामा मात्र यसको संक्रमण भेटिएको छ भने सबैभन्दा बढी भारतमा २३ हजार ५ सय २ जना संक्रमित पाइएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *