नक्कली सेनीटाईजर बनाउने पक्राउ

न्यूज अपडेट काठमाडाैं, २६ चैत प्रहरीले नक्कली सेनीटाईजर बनाउने व्यक्तिलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको हो ।उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका […]

Continue Reading

प्रहरी आफै ग्राहकको भेषमा जाँदा यसरी पक्राउ परे जगदम्बा ग्रुपका सुलभ अग्रवाल

न्यूज अपडेट काठमाडाैं, २६ चैत नेपाल प्रहरीले ग्राहक बनेर जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशकलाई रंगेहात पक्राउ गरेको खुल्न आएको छ।  बजारमा ज्वरो नाप्ने गन  इन्फ्रारेड थर्मोमिटर महँगोमा बिक्रि भईरहेको सूचनाको आधारमा प्रहरीले ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेको हो। बजारमा महँगोमा थर्मो गन बिक्रि भईरहेको छ भन्ने सूचनामा यकिन भएपछि महानगरीय अपराध […]

Continue Reading

खरिपाटी क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, मङ्गलवार फर्किए घर

न्यूज अपडेट भक्तपुर, २६ चैत भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कोरोना विभिन्न देशबाट आएपछि सीधैं क्वारेन्टाइनमा लगिएका उनीहरु मङ्गलबार घर फर्किए। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा बताएका हुन्। नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने […]

Continue Reading

लकडाउन उल्लङ्घन गर्ने ह्वात्तै बढे : एकाबिहानै २३ सय मानिस नियन्त्रणमा, आजबाट थप कडा बनाइँदै

न्यूज अपडेट काठमाडाैं, २६ चैत सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेको सङख्य ह्वात्तै बढेको छ। बुधवार बिहानमात्र उपत्यकाभित्र प्रहरीले २ हजार जना भन्दा बढी मानिसलाई कारबाही गरेको छ। बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार २ हजार ३ सय १ जनालाई कारबाही गरेको हो। कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत […]

Continue Reading

वुहानबाट छुट्दै २ सय ७६ रेल, उड्दै २ सय भन्दा धेरै विमान : लकडाउनबाट बाहिरिँदा कोभिड १९ माथि जीत

न्यूज अपडेट काठमाडाैं, २६ चैत वुहानमा लगाइएको लकडाउन ७६ दिनपछि सकिएको छ। बुधवारबाट पूर्ण रुपमा वुहान खुलेको छ। वुहानमा लगाइएको लकडाउन खुलेसँगै कोभिड-१९ विरुद्धको लडाइमा चीनले जितेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।जनवरी २३ मा वुहानमा लकडाउनको घोषणा गरिएको थियो। सबै सार्वजनिक यातायतका साधनहरु, व्यवसायहरु बन्द गरिएका थिए। लकडाउनमा सबै नागरिकलाई घरभित्रै सीमित पारिएको थियो। १ […]

Continue Reading

कोरोना कहर : पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा

मनोज लामिछाने काठमाडाैं, २६ चैत   कोरोना भाइरस (कोभिड(१९) को कहर अहिले विश्वमा चुनौतीको रुपमा देखिएको छ। यो भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। कोरोना भाइरसको निराकरणका लागि विश्वका वैज्ञानिकहरु दिनरात लागिपरेका छन्। तर निराकरणको कुनै संकेत देखिएको छैन। यो विश्वका लागि ठूलो चुनौती हो। संक्रमित र मृत्यु हुनेहरुको […]

Continue Reading

कोरोना संक्रमणपछि आइसियुमा रहेका बेलायती प्रधानमन्त्रीको अवस्था स्थिर

न्यूज अपडेट एजेन्सी, २६ चैत  कोरोना भाइरस संक्रमणका कारण आइसीयुमा राखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था स्थिर रहेको छ। घरमै आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मंगलबार सेन्ट थोमस अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। यसअघि विदेशमन्त्री डोमिनिक र्‍याबले प्रधानमन्त्री निको हुनेमा आफू विश्वस्त रहेको जनाउँदै उनी एक योद्धा रहेको बताएका थिए। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका […]

Continue Reading

मुम्बई किन बन्यो कोरोना हटस्पट गलत सिकाइबाट फैलन्छ महामारी

न्यूज अपडेट नयाँ दिल्ली, २६ चैत भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या ८ सय पुगेको छ। यीमध्ये ४ सयभन्दा धेरै मानिसको उपचार मुम्बईमा भइरहेको छ। बृहन्मुम्बई नगर निगम(बिएमसी)ले अधिक जोखिम भएका ५ हजार ४ सय ४३ जनालाई खोजी गरिरहेको छ। […]

Continue Reading

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी वा कर्मचारीको मृत्यु भए ५० लाख दिने प्रदेश १ सरकारको घोषणा

न्यूज अपडेट इटहरी, २६ चैत  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा संलग्नको मृत्यु भएमा प्रदेश १ सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई सेवाको कदर स्वरुप ५० लाख दिने निर्णय गरेको हो। मंगलबार […]

Continue Reading

स्वास्थ्य सेवा विभागद्वारा मेडिकल सामग्री खरिदका लागि फेरि टेन्डर आह्वान

न्यूज अपडेट काठमाडाैं, २६ चैत कोरोना परीक्षण र उपचारका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रियामा विवादित बनेको स्वास्थ्य सेवा विभागले पुनः निजी क्षेत्रसँगै मेडिकल सामग्री खरिद गर्ने गरी सूचना प्रकाशित गरेको छ। विभागले ७ दिनको समय सीमा राख्दै झन्डै ३४ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि मंगलबार सूचना जारी गरेको हो। विभागले २३ प्रकारका […]

Continue Reading