सामुहिक फुलखेती गर्दै महिला

अर्थ/वाणिज्य विशेष समाचार समाचार

प्यूठान, ६ कार्तिक


तिहारका लागी भन्दै बर्षेनी करोडौ रुपैया बराबरको फुल भारतबाट आयात गरिन्छ । तिहारका लागी महत्वपूर्ण मानिने फुलको आयात कम गर्न प्यूठानका २ महिलाहरुले जिल्लामै पहिलो पटक फुल खेती ब्यवसाय खेती सुरु गरेका छन् । प्यूठान नगरपालिका २ जुम्रीका २ महिलाहरुले सौन्दर्य पुष्प नर्सरी तथा कृषि फर्म दर्ता गरी फुल खेती सुरु गरेका छन् । फुलबाट राम्रो आम्दानी हुने र यसको माग बढ्दै गएका कारण प्यूठान नगरपालिका २ जुम्री महिला राधा अधिकारी र रेखा खत्रीले प्यूठानमै पहिलो पटक फुल खेती सुरु गरेका हुन् ।
जिल्लामा फुलको माग बढ्दै गएकाले सामुहिक रुपमा फुल खेती सुरु गरेको उनीहरु बताउछन् । जिल्लाका सहरी क्षेत्र जुम्री, बिजुवार, बाग्दुला लगायत ग्रामिण स्थानमा फुलको माग बढ्दै गएको र जिल्लामा लाख रुपैयाका फुलका साथै प्लाष्टिकका मालाहरु भित्रिने गरेका छन । तिहारमा महत्वपूर्ण मानिने सयपत्री, अन्य जातका फुलका साथै प्लाष्टिकका कृत्रिम मालाको आयात कम गर्नका लागी सामुहिक रुपमा फुल खेती सुरु गरेको कृषक राधा अधिकारीले बताइन् ।
नगरपालिकाका २ महिलाहरु मिलेर सामुहिक रुपमा ६ रोपनी जग्गामा फुलखेती गरेको उनीहरु बताउछन् । ‘तिहारलाई लक्षित गरी फुलखेतीलाई बिस्तार गरेका छौ’ कृषक रेखा खत्रीले भनिन्,‘बर्षेनी भारतबाट करोडौ रुपैयाको फुल आयात हुदाँ धेरै दुःख लाग्थ्यो त्यसैले आयातलाई कमी गर्न फुल खेती्तर्फ लागेका हौँ ।’ फर्ममा सयपत्री मखमली लागयतका फुलहरु ढक्कमक फुलेका छन् । तिहार आउन अब ५–६ दिन बाकी हुदाँ फर्ममा फुलेका फुलले तिहारको छुट्टै रौनकता बढएको छ ।
फर्ममा फुल फुलिसकेकाले माग आउन थालेको कृषक अधिकारीले बताइन् । ‘हामीले फर्ममा ४५ थरिका फुलहरु छन’ उनले भनिन्,‘फुल बुकिङ्ग गर्न ब्यापारी, ग्राहकहरु घरमै आउछन् ।’ यो बर्ष फुल बिक्रि गरेर ३ लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको उनल बताइन् । फुलखेतीमा राम्रो सम्झाबना भएकाले ५ लाख लगानी गरी यस खेतीमा लागेको उनीहरु सुनाउछन् । प्यूठान नगरपालिकाले आधारभुत फुल खेती सम्बन्धी तालिम दिएपछि ब्यवसाय सुरु गरेका हुन् ।
उनीहरुले सुरुमा ३ रोपनी जग्गा भाडामा ल्याई फुल खेती सुरु गरेका हुन् । फुल खेतीका लागी बार्षिक ३५ हजार रुपैया तिर्ने गरेर जग्गा भाडामा ल्याएको खत्रीले बताइन् । प्यूठान जिल्लामै पहिलो पटक फुल खेती सुरु गरेकाले खेती बिस्तारका लागी प्रदेश नं. ५ सरकारले ४ लाख रुपैया अनुदान दिएको उनीहरुले बताए । पछिल्लो समय जिल्लाका ठुला सभा समारोह, मेला महोत्सबमा फुल मालाको प्रयोग बढ्दै गएको छ ।
फर्ममा बेर्ना पनि उत्पादन
सामुहिक रुपमा सञ्चालन गरेको सौन्दर्य पुष्प नर्सरी तथा कृषि फर्ममा फुलका बेर्ना उत्पादन गर्ने गरेका छन् । जिल्लामा फुलका साथै बेर्नाको माग उच्च रहेकाले बेर्ना पनि उत्पादन गर्न थालेको सञ्चालकहरु बताउँछन् । उनीहरु उत्पादन गरेको फुलका बेर्ना स्याउलीबाङ, रजवारा, अर्खा लगायत स्थानीय बजार बाग्दुला,बिजुवार, जुम्रीमा जाने गरेको छ । फर्ममा फुलका साथै बेर्ना किन्नेहरुको संख्या बढ्दै गएको उनीहरु सुनाउछन् । नर्सरीमा २० रुपैया देखी १५ सय रुपैया सम्मका फूलका बेर्नाहरु छन् । गत बर्ष फुल र बेर्ना बिक्रि गरि डेढ लाख रुपैया आम्दानी गरेको कृषक अधिकारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *