कोरोना संक्रमणपछि आइसियुमा रहेका बेलायती प्रधानमन्त्रीको अवस्था स्थिर

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

 कोरोना भाइरस संक्रमणका कारण आइसीयुमा राखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था स्थिर रहेको छ।

घरमै आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मंगलबार सेन्ट थोमस अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

यसअघि विदेशमन्त्री डोमिनिक र्‍याबले प्रधानमन्त्री निको हुनेमा आफू विश्वस्त रहेको जनाउँदै उनी एक योद्धा रहेको बताएका थिए।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका र्‍याबले प्रधानमन्त्री जोन्सनलाई अक्सिजनसहितको उपचार दिइएको र हाल भेन्टिलेटरविना आफैं श्वास फेरिरहेको जनाएका छन्।

जोन्सनको स्वास्थ्यस्थितिका बारेमा बुधबार साँझसम्म थप जानकारी नआउने बुझिएको बिबिसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *