मुम्बई किन बन्यो कोरोना हटस्पट गलत सिकाइबाट फैलन्छ महामारी

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या ८ सय पुगेको छ। यीमध्ये ४ सयभन्दा धेरै मानिसको उपचार मुम्बईमा भइरहेको छ।

बृहन्मुम्बई नगर निगम(बिएमसी)ले अधिक जोखिम भएका ५ हजार ४ सय ४३ जनालाई खोजी गरिरहेको छ। उनीहरु कोरोना संक्रमितसँग सम्पर्कमा पुगेका थिए। उनीहरु सबैलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ। कार्यालयका कामका लागि कयौं विदेशी मुम्बई आउने गर्दछन् भने मुम्बईका जनता पनि कामका लागि बाहिर जाने गर्दछन्।

यी यात्रीकै कारण मुम्बईमा मार्चमा कोरोना संक्रमित एक व्यक्ति फेला पर्‍यो। सो व्यक्तिले नै पुरै मुम्बईमा फैलाएको पाइएको छ। कोरोना संक्रमण रोक्न महाराष्ट्र सरकारले मुम्बईलाई लकडाउन घोषणा गरेको छ। यहाँ दैनिक हजारौं मजदुर रेल र सार्वजनिक यातायातमा काम गर्दथे। रेल र सार्वजनिक यातायात मार्फत आउने जाने मानिसहरु पनि मुम्बईमा अहिले अलपत्र परेका छन्।

उनीहरुमा पनि कोरोना फैलने सम्भावना बढेको  छ। मुम्बईमा १७ मार्चबाट आंशिक लकडाउन गरिएको थियो भने पूर्णरुपमा २३ मार्चदेखि गरिएको थियो।

जब सरकारले स्किनिङ बढायो त्यसबेला उक्त क्षेत्रमा कोरोना भाइरस फैलिसकेको थियो। राज्य सरकार र बिएमसीका लागि मुख्य चिन्ता झुपडी बस्तीमा कोरोना फैलनेप्रति रहेको छ। घना बस्ती रहेको उक्त क्षेत्रमा कोरोना फैलिएमा नियन्त्रण गर्न कठिन हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्। राज्य सरकारले यही कुराको ख्याल गर्दै केही क्षेत्रमा नियन्त्रण जोन बनाउने घोषणा गरेको छ।

बिएमसीले बनाएको नियन्त्रण जोनहरु
बिएमसीले केही क्षेत्रमा कोरोना नियन्त्रण जोन निर्माण गरेको छ। कोरोना भाइरस फैलन नदिन पूर्वी उपनगर, पश्चिमी उपनगर, मध्य मुम्बई र दक्षिण मुम्बईलाई यस्तो नियन्त्रण जोन घोषणा गरेको हो।

सरकारले कोरोना भाइरस पाइएका केही क्षेत्रलाई पनि नियन्त्रण जोन बनाएको छ। बर्ली कोलिवाडामा २१ संक्रमित फेला परेका थिए। प्रभादेवि क्षेत्रमा ६५ वर्षकी एक महिलाको कोरोना भाइरसका कारण ज्यान गएको थियो। त्यस्तै मुम्बईको सबैभन्दा झुपडी बस्ती धाराबीमा पनि एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको थियो।

झुपडी बस्तीमा र उक्त क्षेत्र आसपासमा विदेशबाट फर्केका सबैलाई क्वारेनटाइनमा राखिएको  छ।

गलत सिकाइबाट फैलन्छ महामारी
भारतमा गलत जानकारीका कारण पनि गरीबहरुको बस्तीमा कोरोना भाइरस फैलिएको पाइएको छ। बिएमसीका सहायक कमिश्नरले यहाँका मानिसले सामाजिक दूरी कायम नर्गने र सेल्फ आइसोलेनमा नबस्ने कारण समस्या भएको बताए।

निगरानीमा छन् संक्रमित 
महाराष्ट्रमा मेडिकल टिम क्लष्टर‚ नियन्त्रण एक्शन प्लानमा काम गरिहेको छ। यसले सर्वेक्षण पनि सँगै गरिरहेको छ। अहिलेसम्म राज्यमा ४२ हजार ७ सय १३ जना होम क्वारेनटाइनमा र १ हजार ९ सय १३ जना सरकारको रेखदेखमा क्वारेनटाइनमा रहेका छन्।

बिएमसीका कर्मचारी नियन्त्रण जोनका घर घरमा पुगेर मानिसको स्वास्थ्य जाँच गरिरहेका छन्। त्यस्तै पाँच हजार मानिस सिसिटिभीको निगरानीमा रहेका छन्। झुपडी बस्तीमा खानेको समस्या भएकाले त्यसका लागि पनि बिएमसीले काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *