न्यूज अपडेट
काठमाडाैं, ९ असाेज

मन्त्रिपरिषद् पूनर्गठनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मन्त्रिपरिषद् पूनर्गठनका विषयमा छलफल भइरहेको जनाइएको छ ।नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने निर्णय गरेको थियो।
बैठकमा सबै मन्त्री हटाउने वा केही यथावत राखेर नयाँ मन्त्री बनाउने भन्ने विषयमा छलफल जारी रहेको स्रोतले जनाएको छ ।