स्टुडेन्ट बुक फेयरको प्रचारार्थ छोटा चलचित्र प्रदर्शनी हुने

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ११ पुस

पुस्तक अध्ययन संस्कृति उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरले यहीँ माघ ५ देखि ७ गतेसम्म हुने बृहत स्टुडेन्ट बुक फेयरको प्रचारार्थ पुष १५ र १६ गते दुई दिन छोटा चलचित्र प्रदर्शनी हुने भएको छ । भक्तपुरको लिवाली स्थित आस्था थियटरमा मानव अधिकार तथा जलवायु परिवर्तन सम्बन्धि डकुमेन्ट्री तथा छोटा चलचित्र प्रदर्शनी शुक्रबार दिउँसो ३ बजे र शनिबार दिउँसो २ बजे हुने आयोजकले जनाएको छ । उक्त चलचित्र प्रदर्शनीको लागि प्रतिव्यक्ति रू. ५० तथा विद्यार्थीको लागि रू.२५ को टिकटको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *