न्यूज अपडेट
भक्तपुर, ३० भदाै

“अकस्मात नसोचेको सङ्ख्यामा स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ सङ्क्रमण पुष्टि भए पछि आइतबारदेखि आकस्मिक सेवासहित सबै सेवा केही दिनको लागि बन्द गर्ने निर्णय गरेका छौं”, निर्देशक धौभडेलले भने। तर, आकस्मिक सेवा धेरै दिन बन्द नगर्ने स्वास्थ्य निर्देशिका र भक्तपुरमा बालबालिकाको लागि आकस्मिक सेवा भएको अस्पताल अरु नभएकोले सकेसम्म चाँडो चरणबद्ध रुपमा अस्पताल सञ्चालन गरिने अस्पतालका अपरेसेन डिरेक्टर अनिल राजभण्डारीले बताए ।
अस्पतालका सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइसकेपछि अस्पताल निष्सङ्क्रमण गरी चरणबद्ध अस्पताल सञ्चालन गरिने उनले भने ।
बिहीबारको परिणामपश्चात शुक्रबार परीक्षणको लागि पठाइएको ५१ जना स्वास्थ्यकर्मीको स्वाबमध्ये २ जनाको मात्र पोजेटिभ परिणाम आएको थियो । स्वाब परीक्षणको लागि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । केही स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ पोजेटिभ आए पछि शुक्रबार र शनिबार अन्य सेवा बन्द गरी अकस्मिक सेवा मात्र सुचारु गरिएको थियो ।
“रिपोर्ट पुनःपुष्टिको निम्ति स्वास्थ्यकर्मीहरूको स्वाब पुनः सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा सोमबार पठाएका छौं”, निर्देशक धौभडेलले भने ।
सङ्क्रमित स्वास्थ्यकर्मीहरूमध्ये सुरुका दुई जना भक्तपुर खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाइएको र अरु १८ जना जनालाई सोमबार पठाउने तयारी भइरहेको डिरेक्टर राजभण्डारीले बताए।
कोभिड–१९ एम्बुलेन्सको अभाव
स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भए पछि आइसोलेसन केन्द्रमा लान एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या परेको राजभण्डारीले बताए।
भक्तपुर नगरपालिकाअन्तर्गतको कोभिड एम्बुलेन्सलाई पटक पटक सम्पर्क गर्दा पनि नआएको उनले बताए। “आइसोलेसन सेन्टरमा लान दिउँसोदेखि नै एम्बुलेन्सको लागि सम्पर्क गरिरहेका छौं । अझै पनि एम्बुलेन्स आएको छैन । स्वास्थ्यकर्मीहरू थप अलमलमा परेका छन्”, उनले भने ।