न्यूज अपडेट
काठमाडाैं, ५ भदाै
पीसीआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको एक जना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने गरेकाे जनाएको छ।
मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पीसीआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको जानकारी दिए।
उनका अनुसार हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ। परीक्षण भएकामध्ये ३० हजार ४८३ जनामा कोरोना पोजिटिभ देखिएको छ।
‘सरकारले पीसीआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको छ,’ प्रवक्ता डा गौतमले भने, ‘एक जनाको परीक्षणका लागि सरकारले ५५ सय रुपैयाँ खर्च गर्दै आइरहेको छ।’
डा गौतमका अनुसार संक्रमितलाई आइसियुमा उपचार गर्नु परेमा ३० दिनमा ४ लाख ५० हजार खर्च हुने गरेको छ।