काठमाडौं उपत्यकामा थपिए ८०७ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

अब काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ७८ हजार २७७, भक्तपुरमा ७ हजार ८६ र ललितपुरमा ११ हजार २९५ जना संक्रमित पुगेका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ९६ हजार ६५८ पुगेको छ।

हाल काठमाडौंमा ११ हजार ३२८ जना, भक्तपुरमा १ हजार २८ जना र ललितपुरमा १९५९ जना सक्रिय संक्रमित छन्। हालसम्म काठमाडौंमा २९९ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा १४७७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।

नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १६ लाख ९ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।

आइतबार दिउँसो २ बजेसम्म देशका विभिन्न स्थानका अस्पतालमा ३५४ जना आइसियूमा छन् भने भेन्टिलेटरसहितको आइसियूमा राखी ६४ जना संक्रमितको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *