कालिकोटको महावैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कालिकाेट, ३० साउन

कालिकोटका महावै गाउँपालिका- ३ नकुमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । पहिरोमा घर पुरिँदा राजबहादुर विष्ट वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।

बिहीबार राति साढे १२ बजे वडा सदस्य विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोराहरु १३ वर्षीय पुष्प विष्ट र ११ वर्षीय प्रविन विष्ट, छोरीहरु १८ वर्षीया सबिना विष्ट र १५ वर्षीया आशा विष्ट, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुर विष्टका छोरीहरु १९ वर्षीया शान्ति विष्ट र १० वर्षीया रेखा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रहरी नायव उपरिक्षक  श्यामबाबु ओलियाले जानकारी दिए ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले घटनास्थलबाट मृतकको शव निकालिसकेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *