६ जना डाक्टर मिस नेपालको प्रतिस्पर्धामा

विशेष समाचार समाचार

डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्। उनीमात्रै होइन मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।अन्तिम २४ जनामध्ये ६ जना डाक्टर छन्। डा दिलासा डोटेलले चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन्। मिस नेपालमा सहभागी डा डोटेलको यही प्ल्याट फर्ममार्फत स्वास्थ्य क्षेत्रमा केही गर्ने योजना छ। पेशाले चिकित्सक भएपनि उनलाई सामाजिक कार्यमा पनि रुचि छ। कुनै पनि आवाज उठाउन एउटा विशेष ठाउँ चाहिने भएकाले मिस नेपालमा सहभागी भएको उनी बताउँछिन्। अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् । मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *